बलराम पुडासैनीको “वर पिपलु” गीतको म्यूजिक भिडियो सार्वजनिक

रातोघर

 २०८२ आश्विन २३, बिहिबार  मा प्रकाशित
३१८ पाठक संख्या


हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको नयाँ गीत “वर पिपलु” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो आज अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभि मार्फत् सार्वजनिक गरिएको हो।

गीतमा गायक पुडासैनीलाई गायिका बिना राई ले स्वरमा साथ दिएकी छन्। गीतका शब्द किशनप्रसाद सुवेदी द्वारा र संगीत सञ्जोग गौतम द्वारा तयार गरिएको हो भने संगीत संयोजन विश्व अधिकारी ले गरेका छन्। भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय समावेश छ।

भिडियो ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियो मा रेकर्डिङ र छायाँकन गरिएको हो। गीतमा प्रेमको प्रारम्भिक मिठास, सम्बन्ध र विछोडपछिको पीडा तथा आत्मबोधजस्ता संवेदनालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।

गीतले युवापुस्तामा प्रेममा पर्ने भावना, ब्रेकअपपछिको मनोवैज्ञानिक उतार–चढाव र पछुतोको गहिरो अनुभूति दर्शाउँछ। यसमा प्रेमले ल्याउने मिठास मात्र नभई, टुटेका सम्बन्धपछि आत्माभित्र बज्ने मौन र तितो सङ्गीत पनि झल्काइएको छ। गीतलाई आजको युवापुस्ताको यथार्थ प्रेमकथा र भावनाको अभिव्यक्ति स्वरूप हेरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban