इजरायलले युद्धविराम र बन्धक रिहाइसम्बन्धी अमेरिकी योजना अनुमोदन गर्‍यो

रातोघर

 २०८२ आश्विन २४, शुक्रबार  मा प्रकाशित
२२८ पाठक संख्या


काठमाडौं । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि तयार गरिएको अमेरिकी योजनालाई औपचारिक रूपमा अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै उक्त निर्णयको पुष्टि गरेको हो ।

प्रधानमन्त्री नेतन्याहूले यस कदमलाई ‘ऐतिहासिक विकास’ भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन् ।

यसबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा मुक्त हुन सक्ने बताएका छन् । सम्झौताको पहिलो चरणमा इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच सहमति भएको थियो ।

युद्धविराम र बन्धक रिहाइसँगै इजरायलले सयौँ प्यालेस्टिनी कैदीहरूलाई समेत मुक्त गर्ने उल्लेख गरिएको छ । सम्झौता अनुसार, हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ, जबकि मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ ।

तर, यो प्रक्रिया पूरा हुन कति समय लाग्ने हो भन्नेबारे स्पष्ट गरिएको छैन । नेपालका नागरिक विपिन जोशी र अर्का एक व्यक्तिको अवस्था भने अझै अज्ञात रहेको बताइएको छ ।

सम्झौता अनुमोदनपछि निकट भविष्यमै युद्धविराम लागु हुने अपेक्षा गरिएको छ । सम्झौताअनुसार, इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहने गरी एक निश्चित रेखासम्म फिर्ता हुनेछ । ह्वाइट हाउसले गत हप्ता सार्वजनिक गरेको नक्साअनुसार यो तीन चरणमा सम्पन्न हुने फिर्ती योजनाको पहिलो चरण हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban