काठमाडौं । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा उपचारपछि ललितपुरस्थित एक सुरक्षित स्थानमा गुप्तबासमा रहेका छन् ।
बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनी भएपछि उनीहरू त्यहाँबाट हटाइएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनीहरूलाई ललितपुरमा स्थानान्तरण गरिएको स्रोतले जनाएको छ ।
देउवा यसअघि आक्रमणपछिका दिनदेखि कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर कांग्रेस निकट स्रोतका अनुसार उनले आइतबार बस्ने नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुँदै पुनः सार्वजनिक हुने तयारी गरेका छन् ।
पार्टीभित्र देउवाको स्वास्थ्य अवस्था र राजनीतिक योजनाबारे चासो बढिरहेको बेला उनको उपस्थिति उक्त बैठकमा निर्णायक साबित हुने अपेक्षा गरिएको छ ।








Write your Comment