हमासको कब्जामा रहेका जीवित बन्धकको सूचीमा नेपाली विपिन जोशीको पनि नाम

रातोघर

 २०८२ आश्विन २६, आईतबार  मा प्रकाशित
२७२ पाठक संख्या


काठमाडौं । इजरायली अधिकारीहरूले हालै सार्वजनिक गरेका नयाँ जानकारीअनुसार हमासको नियन्त्रणमा रहेका केही बन्धकहरू अझै जीवित रहेको विश्वास गरिएको छ। अमेरिकी समाचार एजेन्सी एपीलाई उद्धृत गर्दै वासिङटन पोस्टले जनाएको अनुसार ती जीवित बन्धकहरूमध्ये नेपालको विपिन जोशी पनि परेका छन्।

अक्टोबर ७, २०२३ मा हमासद्वारा गरिएको भीषण आक्रमणपछि करिब २५० जनालाई अपहरण गरिएको थियो। तीमध्ये सयौँलाई युद्धविराम सम्झौता र कैदी आदानप्रदानमार्फत फिर्ता गरिएको भए पनि अझै ९० जनाभन्दा बढी अझै बेपत्ता छन्। तीमध्ये करिब ३० जना जति जीवित रहेको अनुमान गरिएको बताइन्छ।

इजरायली सेनाको बन्धक टास्क फोर्सले गाजाबाट फेला परेका भिडियो, आवाज र मोबाइल संकेतका आधारमा केही बन्धकहरू जीवित रहेको संकेत भेटिएको जनाएको छ। तर गाजाको जटिल परिस्थितिका कारण प्रत्यक्ष प्रमाण प्राप्त गर्न कठिन भएको समेत बताइएको छ।

यसबीच, डीएनए परीक्षण र चिकित्सकीय विश्लेषणमार्फत केही मृतक बन्धकहरूको पहिचान पुष्टि गरिएको एपीले उल्लेख गरेको छ।

नेपालका विपिन जोशीको अवस्थाबारे पनि यद्यपि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन, तर जीवितको सूचीमा नाम समावेश हुनु सकारात्मक सम्भावना भएको रूपमा लिइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban