महावीर पुनको जेन-जी आन्दोलनलाई गम्भीर सन्देश : “अब समय गुटबन्दी होइन, एकताको हो”

रातोघर

 २०८२ आश्विन २६, आईतबार  मा प्रकाशित
२४२ पाठक संख्या


काठमाडौं । आविष्कारक तथा समाजसेवी महावीर पुनले जेन-जी आन्दोलनमा संलग्न युवाहरूप्रति गम्भीर सन्देश दिएका छन्। उनले राष्ट्रिय हित र मातृभूमिको अस्तित्व आज गम्भीर मोडमा पुगेको उल्लेख गर्दै गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति बढ्नु देशका लागि विनाशको संकेत भएको चेतावनी दिएका छन्।

उनका अनुसार, इतिहासले पटक–पटक प्रमाणित गरेको छ कि जब नेपालीहरू आपसमा फुटे, देशले ठूलो मूल्य चुकाउनु परेको छ। “शाहकालको गुटबन्दीले राणातन्त्र जन्मायो, राणाकालको आन्तरिक द्वन्द्वले शासन ढल्यो, लोकतन्त्रपछि दलबीचको खुट्टा तानातानले देशलाई अस्थिर र भ्रष्ट बनायो,” उनले उल्लेख गरेका छन्।

जेन-जी पुस्तालाई लक्षित गर्दै उनले लेखेका छन्, “तपाईंहरू परिवर्तनका आशा र देशको भविष्य हुनुहुन्छ। तर यदि तपाईंहरूभित्र पनि गुटबन्दी र आपसी अविश्वास फैलियो भने, त्यो आन्दोलनको सार नै कमजोर हुनेछ।”

अब समय एकताको भएको बताउँदै पुनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको सार्वभौम अस्तित्व, सुशासन र समृद्धिको लागि एकजुट हुन आग्रह गरेका छन्।

उनले अन्त्यमा भनेका छन्, “इतिहास दोहोरिन नदिनुहोस्, बरु नयाँ इतिहास लेख्ने साहस देखाउनुहोस्।”

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban