‘भ्रष्ट नेताहरूलाई चुनाव लड्नै नदिनेः सुदन गुरुङ’

रातोघर

 २०८२ आश्विन २६, आईतबार  मा प्रकाशित
२७० पाठक संख्या


काठमाडौं । जेन-जी आन्दोलनका अभियन्ता सुदन गुरुङले अबका दिनमा भ्रष्टाचारमा संलग्न नेताहरूलाई उन्मुक्ति नदिने चेतावनी दिएका छन् । उनले भ्रष्टाचारीहरूलाई कानुनी रुपमै घेराबन्दी गर्दै भविष्यमै चुनाव लड्न नसक्ने बनाने अभियान चलाइने बताए ।

उनका अनुसार जनताले दिएको म्यान्डेटको दुरुपयोग गर्नेहरूलाई सडकमा मात्रै होइन, अदालतमा समेत उभ्याइनेछ । “अब माफिया र ठेकेदारसँग मिलेर देश लुट्नेहरूलाई नाम मात्रको विरोध गरेर छोडिँदैन । प्रस्ट रूपमा भ्रष्टाचारको मुद्दा दर्ता गराएर उनीहरूलाई उम्मेदवार बन्न नसक्ने बनाइन्छ,” गुरुङले भने ।

उनले सबै युवालाई कानुनी लडाइँका लागि तयारी सुरु गर्न आग्रह गर्दै भने, “सडकमा हौँ, अब अदालतमा पनि हामी नै हुनेछौँ ।”

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban