प्रचण्ड सचिवालयद्वारा पूर्व एआइजी सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी

रातोघर

 २०८२ आश्विन २७, सोमबार  मा प्रकाशित
१९६ पाठक संख्या


काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गराएको छ ।

सुवेदीले जेन-जी आन्दोलन सुरू हुनु दुई दिनअघि प्रचण्डको निवासबाट २ करोड रुपैयाँ दुई ट्रकमा निकालिएको दाबी गरेका थिए । सो दाबीलाई आधारहीन र चरित्रहत्या हुने किसिमको ठहर गर्दै सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट आइतबार साइबर ब्युरोमा उजुरी दर्ता गरिएको आचार्यले नेपाल प्रेसलाई बताए ।

यसअघि सचिवालयले विज्ञप्ति जारी गर्दै सुवेदीलाई २ करोड रुपैयाँको प्रमाण सार्वजनिक गर्न चुनौती दिएको थियो ।

उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्तो प्रकारका गलत प्रचारप्रसार सूचना प्रविधि सम्बन्धी कानुनविपरीत रहेको उल्लेख गर्दै आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban