हमासले रिहा हुने २० बन्धकको नाम सार्वजनिक, नेपाली विपिन जोशीको नाम सूचीमा परेन

रातोघर

 २०८२ आश्विन २७, सोमबार  मा प्रकाशित
२०२ पाठक संख्या


काठमाडौं । हमासको सैन्य शाखाले आज रिहा हुने भनिएका २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचीमा नेपाली नागरिक विपिन जोशी र इजरायली सैनिक तमिर निमरोदीको नाम भने समावेश गरिएको छैन ।

सूचीमा समेटिएका २० जना बन्धकहरूको नाम पहिले नै वार्ताको अंशका रूपमा इजरायली पक्षलाई पठाइएको बताइएको छ । त्यसै नामलाई रिहा हुने सूचीमा राखेर सार्वजनिक गरिएको हो ।

विपिन जोशी इजरायलमा अध्यनरत नेपाली विद्यार्थी हुन्, जसलाई हमासले ७ अक्टोबरको आक्रमणका क्रममा अपहरण गरेको आशंका छ । उनका परिवार र नेपाली सरकारले उनको उद्धारका लागि निरन्तर पहल गरिरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban