आइडिएफले नेपाली नागरिक विपिन जोशीको निधन घोषणा, नेपाल सरकारले औपचारिक पुष्टि नभएको स्पष्ट पारेको छ

रातोघर

 २०८२ आश्विन २७, सोमबार  मा प्रकाशित
२११ पाठक संख्या


काठमाडौं । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासद्वारा अपहृत नेपाली नागरिक विपिन जोशीको निधन भएको औपचारिक रूपमा जनाएको छ। इजरायलस्थित नेपाली दूतावासका अनुसार आइडिएफले जोशीको परिवारसँग भिडियो कन्फरेन्स गर्दै “He is no more” भनेर जानकारी दिएको हो।

तर नेपाल सरकारले विपिनको मृत्युबारे अझै आधिकारिक पुष्टि नभएको बताएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा आइडिएफको भनाइलाई केवल प्रारम्भिक “आकलन” भन्दै परिस्थितिको थप छानबिन जारी रहेको उल्लेख छ।

मन्त्रालयले विपिनको सकुशल रिहाइको आशा अझै बाँकी रहेको बताउँदै इजरायली पक्षसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban