कतारमाथि ५ रनको रोमाञ्चक जितसँगै नेपाल टी–२० विश्वकप प्रवेशको सिमानामा

रातोघर

 २०८२ आश्विन २८, मंगलबार  मा प्रकाशित
२६९ पाठक संख्या


कतारलाई ५ रनले पराजित गर्दै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ। यूएईमाथि १ रनको रोमाञ्चक जितबाट उत्साहित नेपाली टिमले लगातार दोस्रो जित दर्ता गर्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ।

हाल ६ अंकसहित दोस्रो स्थानमा रहेको नेपालले अब ओमान वा सामोआमध्ये जोसुकैलाई पराजित गरे विश्वकपमा स्थान पक्का गर्नेछ। ‘सुपर सिक्स’ चरणबाट जम्मा तीन टोली मात्र टी–२० विश्वकपका लागि छनोट हुने व्यवस्था रहेको छ।

नेपाली खेलाडीहरूको संघर्षशील प्रदर्शनले घरेलु समर्थकको उत्साह थप उच्च बनेको छ। अबको निर्णायक खेलमा ऐतिहासिक प्रवेशको अपेक्षा झनै बढेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban