

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने क्रम तीव्र बनेको छ। अदालतमा रिट दर्ता खुला भएपछि विभिन्न व्यक्तिहरू आफ्नो रिटसहित सर्वोच्च पुगेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार हालसम्म तीनवटा रिट सर्वोच्चमा परेका छन्। ती रिटहरू अध्ययन भइरहेको भन्दै कोइरालाले अझै औपचारिक दर्ता प्रक्रिया पूरा भइनसकेको जानकारी दिए।
रिट निवेदक युवराज पौडेलका अनुसार प्रतिनिधिसभा विघटन तथा नयाँ सरकार गठनको निर्णय असंवैधानिक भएको भन्दै बदर गर्न माग गरिएको छ।
स्रोतका अनुसार हालसम्म दर्ताका लागि आएका सबै रिटहरू सार्वजनिक सरोकारका विषयमा आधारित रहेका छन्। कुनै पनि रिट दलगत आधारमा दर्ता हुन नआएको बताइएको छ। दायर भएका रिटमाथि सार्वजनिक सुनुवाइको माग गरिएको छ भने ती रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा सर्वोच्च भित्र छलफल चलिरहेको जनाइएको छ।





Write your Comment