संसद् पुनर्स्थापना गरेर जेन–जीको माग सम्बोधन गर्नुपर्छ : डा. चन्द्र भण्डारी

रातोघर

 २०८२ आश्विन २८, मंगलबार  मा प्रकाशित
२४२ पाठक संख्या


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले जेन–जी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न संसद् पुनर्स्थापना गर्नु आवश्यक रहेको बताएका छन्।

उनका अनुसार संविधानमा रहेका केही प्रावधान संशोधन नगर्दासम्म आन्दोलनले उल्लेख गरेका विषयहरूको समाधान सम्भव छैन। “संविधान संशोधनका लागि सक्रिय संसद् आवश्यक पर्छ। त्यसकारण संसद् पुनर्स्थापना गरेर जानु नै सबैभन्दा उपयुक्त विकल्प हो,” भण्डारीले भने।

उनले थपे, “संविधान संशोधन नगरी चुनावमा गएर मात्र समाधान खोज्न खोज्नु व्यर्थ हुनेछ। चुनावले समस्या झन् जटिल बनाउन सक्छ।”

भण्डारीको भनाइले जेन–जी आन्दोलन र संविधान संशोधनको प्रसङ्ग फेरि राजनीतिक बहसको केन्द्रमा उक्लिने संकेत दिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban