

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेन–जी आन्दोलनका सकारात्मक मागहरूको समर्थन गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
आफ्नै निवासमा भएका आ’गजनी र आ’क्रमण घटनाबारे प्रतिक्रिया दिंदै उनले आफू र पत्नी आरजु राणामाथि आ’क्रमण गर्ने, घरमा आ’गजनी गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । सरकारी तथा पार्टी कार्यालय, नेताहरूका घरमा भएको आ’गजनीलाई नेपालको इतिहासकै “डरलाग्दो दिन”को रूपमा दर्ता गर्नुपर्ने उनले बताएका छन् ।
देउवाले आन्दोलनमा घुसपैठ भएको आशंका व्यक्त गर्दै असोज २४ गतेको वि’ध्वंसको सत्यतथ्य छानबिन गर्न माग गरे ।त्यस्तै, आफूलाई जोगाउने सुरक्षाकर्मी र कार्यकर्ताप्रति खुलेर धन्यवाद व्यक्त गर्दै उनले राष्ट्रपतिले प्रतिकूल परिस्थितिमा संविधान जोगाउन खेलेको भूमिकाको प्रशंसा गरे । उनले देशका सबै निकायलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न आह्वान गरे ।राजनीतिक दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको बताउँदै देउवाले समयको मागअनुसार आगामी महाधिवेशनबाट सक्रिय राजनीतिबाट विदा लिने संकेत समेत दिए । उनले तत्कालका लागि नेतृत्व उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरे ।
समग्र सम्बोधनमा देउवाले आफूलाई परिपक्व र संयमित राजनीतिक व्यक्तित्वका रूपमा प्रस्तुत गरेको देखियो ।





Write your Comment