राप्रपा र रास्वपाको भनाइ : “संसद् पुनर्स्थापनाको माग जेन–जी विद्रोहको अपमान”

रातोघर

 २०८२ आश्विन २९, बुधबार  मा प्रकाशित
१८४ पाठक संख्या


काठमाडौं । सदन पुनर्स्थापनाबारे देशभर बहस चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट रूपमा यसको विरोध गरेका छन् । दुवै दलले संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जेन–जी आन्दोलन (विद्रोह)ले उठाएको वैध जनभावनाको अपमान हुनु ठहरिने बताए ।

उनीहरूको तर्क छ — जनताले पुरानो संसद् र त्यसका प्रतिनिधिहरूलाई अस्वीकार गरिसकेको अवस्थामा पुनः त्यही संरचनामा फर्कनु युवापुस्तिको परिवर्तनको चाहनाविरुद्ध जाने कदम हुनेछ ।

राप्रपा र रास्वपाले नयाँ जनादेश वा वैकल्पिक मार्ग खोजिनुपर्नेमा जोड दिंदै पुरानो सत्ता-संरचनालाई पुनर्जीवित गर्ने कुनै प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban