

काठमाडौं। अस्पतालमा छोराको उपचार खर्च तिर्न नसकी रुँदै बसेकी एक आमाको पीडामा आशिका तामाङले असाधारण मानवीयता देखाएकी छन्।
अस्पतालले उपचार बिल नतिरे बिरामी निकाल्ने चेतावनी दिएपछि असहाय आमाको आँसु झरिरहेको देखेकी तामाङले निःस्वार्थ सहयोग गर्दै सबै उपचार खर्च तिरेकी हुन्।
त्यसपछि उनले आमालाई थप ३० हजार रुपैयाँ पनि हस्तान्तरण गर्दै सान्त्वना दिइन्। तामाङले भनिन्, “हिम्मत नहार्नुस्, सबै कुरा ठीक हुन्छ।”
सामाजिक सञ्जालमा आशिका तामाङको यो सहयोगी कदमको प्रशंसा भइरहेको छ। धेरैले उनको कार्यलाई “मानवता अझ बाँकी छ” भन्ने सन्देशका रूपमा लिएका छन्।





Write your Comment