

काठमाडौं । सरकारमा चार नयाँ मन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले स्वास्थ्य तथा जनसंख्या, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम तथा रोजगार, र युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा गणपति लाल श्रेष्ठ,
श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनार,
र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त हुने भएका छन्।
नियुक्त मन्त्रीहरूले आजै साँझ पद तथा गोपनीयताको शपथग्रहण गर्ने तयारी भइरहेको बताइएको छ।
यसअघि यी मन्त्रालयहरू केही समयदेखि कार्यवाहक मन्त्रीमार्फत सञ्चालन भइरहेका थिए।
सरकारले मन्त्रीपरिषद् पुनर्गठनको तयारीसँगै अन्य मन्त्रालयहरूमा पनि जिम्मेवारी हेरफेर हुन सक्ने संकेत दिएको छ।





Write your Comment