अस्ट्रेलियामा सडक दु’र्घटनामा एउटै नेपाली परिवारका तीनजनाको मृ’त्यु

रातोघर

 २०८२ कार्तिक २७, बिहिबार  मा प्रकाशित
१८३ पाठक संख्या


सिड्नी । अस्ट्रेलियामा भएको एक दु:खद सडक दु’र्घटनामा एउटै परिवारका तीन नेपालीले ज्यान गुमाएका छन्।
स्थानीय समय अनुसार सोमबार बिहान ट्रक र कार ठो’क्किँदा बुवा कृष्ण हरि भण्डारी, आमा सपना न्यौपाने र छोरा रुबेन न्यौपानेको घटनास्थलमै मृ’त्यु भएको बताइएको छ।

स्थानीय प्रहरीका अनुसार दु’र्घटना राजमार्गमा भएको हो, जसमा कार ट्रकसँग ठो’क्किँदा गाडी पूरै क्षतिग्रस्त भएको थियो। घटनापछि उद्धारकर्मीहरूले पीडितहरूलाई निकालेर अस्पताल पुर्‍याए पनि तीनैजनाको ज्यान बचाउन सकेनन्।

भण्डारी परिवार अस्ट्रेलियामा केही वर्षअघि स्थायी रूपमा बसोबासका लागि गएका थिए। उनीहरूको निधनले त्यहाँ रहेका नेपाली समुदाय शोकाकुल बनेका छन्।

दु’र्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार तीव्र गति र सडकको अवस्था दु’र्घटनाको कारण हुनसक्ने बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban