प्रधानमन्त्री सुशीला कार्की : “A-320 को इन्जिन छिटो ल्याएर विमान सञ्चालनमा ल्याउनू”

रातोघर

 २०८२ कार्तिक २८, शुक्रबार  मा प्रकाशित
१११ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को इजरायलमा रहेको A-320 जहाजको इन्जिन छिटो नेपाल ल्याई विमान पुनः सञ्चालनमा ल्याउन निगमका सञ्चालक समिति र व्यवस्थापनलाई कडाइका साथ निर्देशन दिएकी छन्।

प्रधानमन्त्री कार्कीले जनताको लगानीमा चलेको संस्थालाई लामो समयसम्म ग्राउन्डेड अवस्थामा राख्नु अमान्य हुने बताउँदै निर्णय प्रक्रियामा ढिलाइ वा बहानाबाजी अस्वीकार्य हुने चेतावनी दिइन्।

उनले भनेकी छन्, “नेपाल वायु सेवा निगमको A-320 जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालनमा ल्याउन निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई जोड दिइएको छ। निर्णयमा ढिलाई वा बहानाबाजी नगरी नतिजामुखी रूपमा अघि बढौँ। जनताको लगानीमा चल्ने संस्थालाई ग्राउन्डेड हुन दिनुहुँदैन।”

प्रधानमन्त्रीको निर्देशनसँगै अब निगमले इन्जिन पुनःस्थापना तथा विमान सञ्चालन प्रक्रियालाई तीव्रता दिने अपेक्षा गरिएको छ।

Write your Comment