सनराइज बैँकको नयाँ शाखा सिमरामा

रातोघर

 २०७६ श्रावण १९, आईतबार  मा प्रकाशित
३३३ पाठक संख्या


सिमरा, १९ साउन ।

बाराको सिमरामा सन्राइज बैँकले आफ्नो नयाँ शाखा संचालन गरेको छ । आइतबार सिमराको एयरपोर्ट रोडमा शाखाको औपचारिक उद्घाटनसंगै ए. टि. एम. सेवा समेत सुरु गरेको हो ।
आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने उदेश्यले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

बैंकले सिमरामा ११४ औँ शाखा संचालनमा ल्याएको हो । आइतबार आयोजित औपचारिक कार्यक्रमा नेपाल राष्ट्र बैंक वीरगंज कार्यलयका निर्देशक राजन बिक्रम थापा तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यलय उद्घाटन गरेका हुन् ।


कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस बैँकले बिशेषगरी कृषी कर्जा र लगानीलाई प्राथमिकतामा राखी अन्य बैँकको तुलनामा फरक र आधुनिक ढँगबाट सेवा दिने बताए । उनले अन्य बैँकलाई ताराको रुपमा संज्ञा दिँदै आफुँलाई सुर्यको रुपमा स्थापित गर्न सोही अनुसार सेवा दिने प्रतिबद्धता जनाए ।

यसैबिच जितपुर सिमरा उप महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलबाट ए. टि. एम. सेवाको उद्घाटन गरिएको बैँकका सिमरा शाखाका प्रमुख शतिस महर्जनले जानकारी दिए ।
हालसम्म सनराइज बैंकको शाखा संख्या ११४ वटा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहर विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरमा पनि थप शाखाहर संचालन गर्ने योजना रहेको बैकले जनाएको छ  ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban