

जनकपुरधाम ।
डेढलाख घुुस रकमसहित जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारीलाई पक्राउ गरिएको छ ।
जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहनप्रसाद यादवलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
सर्वेक्षक यादवले घर नाप नक्साअनुसार नरहेको भन्दै मुद्दा मिलाइदिने भनेर सेवाग्रहीसँग १ लाख ५० हजार घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट पुगेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले यादवलाई जलेश्वरको खैरा चोकबाट पक्राउ गरेको हो । घुससहित पक्राउ परेका यादवविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
-rajdhani dainik





Write your Comment