

सिमरा ।
बाराको सिमरामा रहेको आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अपरेटर घुस रकम सहित पक्राउ परेका छन् ।
नायब सुब्बा तहका कम्प्युटर अपरेटरमा कार्यरत छतीवन गाउँपालीका ८ का सुदिप लामाले अन्जली किराना पसलका संचालकसंग लिएको घुस रकम सहित सिमराबाट रंगेहात पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको हो । अख्तियारको टोली तिन दिनदेखी उनको अनुसन्धानमा लागेको बताइएको छ ।
लामो समयदेखी कारोबार नभएको पान नम्बर बन्द गर्न सहजीकरण गरिदिने र राजश्व रकम छुट गरिदिने भन्दै लामाले सो घुस रकम लिएको अख्तियार स्रोतले जनाएको छ ।
उनको साथबाट केही बैँक भौचर समेत बरामद गरिएको छ ।






Write your Comment