

बारा ।
नेत्र बिक्रम चन्द (विप्लव) समुहको नेतृत्वमा रहेको नेकपा बाराको जिल्ला ईन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले राजन गिरी भनिने ३४ वर्षीय अतिश मिश्रलाई नियन्त्रणमा लिएको हो।
परवानीपुर गाँउपालिका ४ स्थित आँखा अस्पताल छेउबाट मिश्रलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।
प्रवक्ता राठौरका अनुसार मिश्रबारे सूचना पाएर पुगेको प्रहरी टोलीले आँखा अस्पताल नजिकबाट उनलाई नियन्त्रणमा लिएको हो। सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि बारा प्रहरीले यसअघि १० जनालाई नियन्त्रणमा लिइसकेको छ। हाल विप्लव समुहका जिल्ला ईन्चार्ज मिश्रसहित ११ जना बारा प्रहरी हिरासतमा रहेका छन्।
-diwakar bhandari





Write your Comment