

कोल्हबी सम्बाददाता ।
बाराको कोल्हबी नगरपालीकामा माछापुच्छ्रे बैँकले आफ्नो सेवा सुरु गरेको छ । नगरपालीकाको ४ नम्बर वडा स्थित सपहीमा बैँकले १३५ औँ शाखा रहित बैँकिङ्ग सेवालाई आज एक औपचारिक कार्यक्रमका बिच सुरु गरेको छ ।
औपचारिक बैैक उद्घाटन कार्यक्रममा बोल्दै कोल्हबी नगरपालीकाका नगर प्रमुख भरत बहादुर भण्डारीले बैकले गाउँमा बितिय सेवाको पहुँचलाई बलियो भन्दै सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रममा स्थानिय जनप्रतिनिधि वडा अध्यक्षहरु, बैँकका दुई नम्बर प्रदेशका उप प्रमुख दिनेश ठाकुर, बैँकका निजगढ शाखाका कर्मचारी, सपही कलेजका शिक्षक रामु पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ४ नम्बर वडाका वडा अध्यक्ष भेष बहादुर ढकालको सभाध्यक्ष तथा नगरका प्रमुख भरत ब. भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । बैँकले सो शाखा रहित बैँकिङ्ग सेवाको संयोजनकका रुपमा स्थानिय द्धवारिका उप्रेतीलाई जिम्मेवारी दिने र बैकबाट प्राप्त हुने ऋण सुबिधा बाहेक अन्य सबैखाले सुविधा प्रदान गरिने बैँकका दुई नम्बर प्रदेशका उप प्रमुख ठाकुरले जानकारी दिए ।





Write your Comment