बाराको निजगढमा भारतविरुद्ध प्रदर्शन

रातोघर

 २०७६ कार्तिक २२, शुक्रबार  मा प्रकाशित
३६१ पाठक संख्या


निजगढ ।  

नेपाली भूमि आफ्नो नक्सामा राखेको भन्दै बाराको निजगढमा नेकपा निकट युवा संगठनको नेतृत्वमा भारतविरुद्ध र्‍याली निकालिएको छ । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पीयाधुरालाई आफ्नो देशको नक्सामा राखेको भन्दै राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिको अगुवाईमा विरोध र्‍याली निकालिएको हो ।

भारतीय विस्तारवाद, सीमा अतिक्रमण र हेपाहा प्रवृतिविरुद्ध र्‍याली निकालिएको भन्दै युवा संघका कार्यकर्ताले सरकारले तत्काल कुटनीतिक पहल गरि आफ्नो भूमिको रक्षा गर्नुपर्ने बताएका छन् । र्‍याली बजार परिक्रमा गरी निजगढ बजारमा कोणसभामा परिणत भयो।

र्‍यालीमा सहभागीले भारतविरुद्ध चर्को नारा लगाएका थिए । र्‍यालीमा नेकपाका नेता कार्यकर्ता, युवा संघ नेपालका जिल्ला र स्थानीय कार्यकर्ताको सहभागिता रह्यो।

-diwakar bhandari

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban