सवारी साधनमा अनिवार्य डस्टबिन, संगीतसँगै सन्देश

रातोघर

 २०७६ मंसिर ८, आईतबार  मा प्रकाशित
६७१ पाठक संख्या


दिवाकर भण्डारी,आधाभार (बारा)

निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्ग फोहोर बन्न थालेपछि पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको सिद्धिबक्स गणले सवारी साधनमा अनिवार्य डष्टबिन राख्नुपर्ने अभियान थाल्ने भएको छ।

राजमार्गमा गुड्ने सवारी साधनका यात्रुले सडकमै जथाभावी फोहोर फाल्दा निकुञ्ज क्षेत्र करूप देखिएको भन्दै निकुञ्ज प्रशासन र सेनाले डस्टबिनको अनिवार्यता लागू गर्न लागेको हो। सवारी साधनमा डष्टबिन राखिएपछि जथाभावी फोहोर फाल्न कम हुने र सवारी साधनबाट निस्कने फोहोरको उचित ब्यवस्थापन हुने आशा निकुञ्ज र सेनाले राखेको छ।

त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडकखण्ड पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्छ। जंगलको बीचमा गुड्ने सवारी साधनबाट यात्रुले प्रयोग गरी फालेको पानीको बोत्तल, प्लास्टिक, कागजलगायतको फोहोरले राजमार्ग कुरूप देखिन्थ्यो। निकुञ्जको जंगलमा सवारी साधन रोकेर जथाभावी दिशापिसाब गर्ने, मरेका जनावर अन्यत्रबाट ल्याएर फ्याक्ने गर्दा उक्त क्षेत्र दुर्घन्धित समेत हुने गरेको थियो। निकुञ्ज क्षेत्रभित्रको राजमार्ग फोहोर बन्न थालेपछि शनिबार सेनाको सक्रियतामा सरसफाई समेत गरिएको छ।

पथलैयादेखि अमलेखगञ्जसम्मको १० किलोमिटर क्षेत्रमा चार सय सेनासहित निकुञ्जका कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहभागितामा फयाकिएका बोत्तल, प्लास्टिक, कागजलगायतका फोहोर संकलन गरिएको हो।

सरसफाईसंगै निकुञ्ज र सेनाले सवारी साधनलाई लक्षित गरि चेतनामुलक अभियान सुरु गर्न लागेको सिद्धिबक्स गणका प्रमुख सेनानी प्रकाश थापाले जानकारी दिए।

‘निकुञ्ज क्षेत्रभित्र जथाभावी फोहोर फाल्दा कुरुप देखिनेसंगै जंगली जनावरलाई समेत खतरा हुने देखिएको छ’ थापाले भने ‘त्यसैले अब चेतनामुलक अभियान सुरु गर्न लागिएको हो। गाडीभित्रको फोहोर गाडीभित्रै ब्यवस्थापन गर्न सकियो भने निकुञ्ज क्षेत्र सफा र स्वच्छ हुने थियो।’ पैदल यात्रुको संख्या अत्यन्तै न्युन हुने भन्दै थापाले सवारी साधनलाई नै लक्षित गरेर अभियान सुरु गर्न लागिएको बताए।

चेतमुलक अभियान अन्तर्गत सार्वजनिक सवारी साधनमा फोहोर ब्यवस्थापन गर्न यात्रुलाई आग्रहसहित सचेत गराउने सामाग्री  बजाउने ब्यवस्था गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले जानकारी दिए।

Annapurnapost.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban