

आमाछोरी जस्तो देखिने मृतकको उमेर करीब २४ र दुई बर्षको जस्तो देखिन्छ घटनास्थल पुगेका वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्ले भने । बाहिरबाट ताला लगाएको अवस्थामा ताला तोडेर हेर्दा कपडाले बेरेर राखेको अवस्थामा खाटमुनी आमा र अलि पर कुनामा बालिकाको शव फेला परेको मल्लको भनाइ छ ।
झाले आफ्नो घरको कोठा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ सिसुवा महेशपुरका पवन साहलाई दिएको र उनकै परिवार सो कोठामा बस्दै आएको प्रहरीलाई बताएका छन् । बाँकी अनुसन्धान जारी रहेको र मृतकको पहिचान खुलिनसकेको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले बताए । हप्ता दिनदेखि ताला लागिराखेको कोठामा एक्कासी बाहिर हिंड्दा भित्रबाट केही सडेको जस्तो गन्ध आएको भनी प्रहरीलाई खबर आएर अनुसार प्रहरीले गई ताला तोडी हेर्दा दुई वटा शव फेला प¥यो । शव साहकै श्रीमती र छोरीको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
पेन्टिङ्गको काम गर्ने साह भने फरार रहेको र उनको मोबाइल पनि नलागेकोले श्रीमान् साहले श्रीमती र छोरीको हत्या गरी फरार रहेको हुनसक्ने अनुमान पनि प्रहरीले गरेको छ । साहको कोही अर्को पनि केटीसँग लसपस भएको भन्ने प्रहरीलाई सूचना आउन थालेकोले घटना अझ शंकास्पद रहेको छ । मृतक दुवै शवलाई पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।





Write your Comment