निजगढ विमानस्थल निर्माणप्रति चिन्ता : ‘अनावश्यक बखेडा झिक्न खोजियो’

रातोघर

 २०७६ मंसिर २८, शनिबार  मा प्रकाशित
३०३ पाठक संख्या


प्रकाश लम्साल,बारा
बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएपछि स्थानीय सरोकार समिति चिन्तित बनेका छन् ।

विमानस्थल निर्माण कार्यलाई प्रभावित पार्न न्यायालयमा समेत चलखेल सुरु भएको सरोकारवालाहरुको ठहर छ ।

निजगढ विमानस्थलको चार किल्लाको सीमांकन, तारबारको काम पूरागरी अहिले दुई ठूला नदी नियन्त्रणको काम जारी छ ।

तर गत शुक्रबार सर्वोच्च अदालतले विमानस्थल निर्माणको कार्य तत्काल अगाडि नबढाउन आदेश दिएसँगै सरोकारवालाको चासो बढेर गएको हो ।

पटक पटक वातावरणको विषयलाई मुद्दा बनाई बखेडा झिक्न खोजिएको आरोप आयोजनाले लगाएको छ ।

गत मंसिर १ गते प्राविधिकसँगै विमानस्थलको अवलोकन गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि विमानस्थल बन्न नदिन अमुक शक्ति बलियो ढंगले लागेको जिकिर गरेका थिए ।

१ लाख २९ हजारको हाराहारीमा रुख काटिने भए पनि २४ लाख रुख काटिने हल्ला गरिएको आयोजनाले बताउँदै आएको छ ।

केही दिनअघि निजगढ पुग्नुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल निर्माणमा अवरोध आए जनतासँगै आफू पनि आन्दोलनमा जाने उद्घोष गरेका थिए ।

वातावरणीय विनाश निम्तिने भन्दै पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्रीलगायतले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्चले रूख काट्ने, निर्माणस्थलबाट बुट्यान हटाउने लगायतका काम अघि नबढाउन आदेश जारी गरेको छ । यस निर्णयले सरोकारवाला पक्षसहित स्थानीयसमेत चिन्तित बनेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban