सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

रातोघर

 २०७६ मंसिर २९, आईतबार  मा प्रकाशित
२९५ पाठक संख्या


सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

दोलखा कालिन्चोकबाट भक्तपुरमा जाने आउनेक्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलो थुमपाखरमा दुर्घटना सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनले दुर्घटनामा परेर १७ यात्रु घाइते भएको बताए।

भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। दुर्घटनामा घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारका लागी पठाइएको छ। मृतकको सनाखत हुन बाँकी रहेको छ ।

annapurna post

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban