जनकल्याण साकोस सिमराको १७ औँ साधारण सभा सम्पन्न

रातोघर

 २०७६ पौष ५, शनिबार  मा प्रकाशित
३६१ पाठक संख्या


सिमरा , ५ पुस ।
बाराको सिमरा स्थित भेगकै जेठो सहकारीका रुपमा स्थापित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. सिमराले शनिबार एक भब्य समारोहका बिच बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाका प्रमुख अतिथिका रुपमा रहेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले सहकारीले मध्यवर्ती क्षेत्रका बासिन्दामा पुर्याएको योगदानको कदर गर्दै सहकारीले निकुञ्जसंग पनी सहकार्य गरी अघि बढ्न आग्रह गने ।

यसैगरी कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष पदम तितुङले सहकारीको कारोबार प्रति खुशी ब्यक्त गर्दै आगामी दिनमा सहकारीले सेवा बिस्तार र सफलतामा मध्यवर्ती क्षेत्र हातेमालो गरी अघि बढने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दे्ै जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले सहकारी शेयर सदस्य मैत्री हुनुपर्ने भन्दै यस क्षेत्रकै उत्कृष्ट सहकारीका रुपमा जनकल्याण स्थापित भएको प्रति खुशी ब्यक्त गरे ।

यस्तै राष्ट्रिय गौरवका आयोजना निर्माण सरोकार समिती सिमराका संयोजक मनोज पौडेलले नगरको आर्थिक बिकास र समृद्धीमा सहकारीको भुमिका अहम रहेको भन्दै सामाजिक उत्तरदायित्व बहनमा पनी सहकारीले भुमिका खेल्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैँक सिमरा शाखाका प्रवन्धक टिकाराम अधिकारी, ने.रा.मा.बि. सिमराका प्रध्यानाध्यापक शँकर कुमार आचार्य, सिमरा कलेज सिमराका प्रमुख शालिकराम अधिकारी, स्थानिय सहकारीहरु हातेमालो साकोस, सिमरा महिला साकोस, संगालो साकोस सिमरा, औराहा पशुपालन कृषि सहकारी, प्रभात फेरी कृषि सहकारी औराहा, साझा सहकारी जितपुर लगाएतकाको अध्यक्ष÷प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सहकारीले बर्षभरी उत्कृट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान कार्यक्रम समेत आयोजन गरेको छ । असल बचत कर्ताहरुमा देवकी लामिछाने र हेमन्ती देवी सम्मानित भएका छन् । असल बाल बचत कर्तामा प्रनिश श्रेष्ठ र कृतिका भट्टलाई सम्मान गरिएको छ । त्यसैगरी असल कारोबारीमा रविना खातुन र साइली तामाँगनीलाई सम्मान गरेको छ भने बर्षभरी असल कारोबार गर्ने बिभिन्न तिन वटा बचत समुहरुलाई पनी सम्मान गरेको छ ।

यसैबिच सहकारीमा स्थापना कालदेखी नै योगदान पुर्याएबापत अग्रज सहकारी अभियन्ता मुकुन्द बहादुर क्षेत्रीलाई समेत यस बर्ष सहकारीले सम्मान गरेको छ । क्षेत्री यस अघि सहकारीका बिभिन्न जिम्मेवारीमा थिए भने हाल सल्लाहकार समिती संयोजक हुन् ।

यसैगरी साधारण सभाबाटै सहकारीले रिक्त रहेको संचालक समिती सचिव पद समेत पुर्ती गरिएको छ । हाल शिक्षा उपसमिती सदस्य रहेका भरत प्रसाद भुर्तेललाई साधारण सभाको बन्दसत्रले सचिव पदको जिम्मेवारी दिएको हो ।

सहकारीले हाल १२ करोड करिबको आर्थिक कारोबार गरिरहेको छ भने करिब ५७ लाखको स्थित सम्पत्ती जोडेको छ । यस बर्ष करिब ३० लाख आम्दानी गरेको सहकारीले यस बर्ष मात्रै १५ दशमलव ६० प्रतिशत शदस्यता बृद्धी गर्न सफल भएको छ ।

सहकारीका अध्यक्ष मधुसुदन सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सहकारी शिक्षा उप समिती संयोजक कृष्ण सिग्देले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban