

धनुषामा एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । औरही गाउँपालिकामा २५ वर्षीय एक युवतीमाथि खेतमा घास काटिरहँदा बलात्कारको प्रयास गरेको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा परेपछि ३५ वर्षीय रामकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले जानकारी दिए ।
पीडित महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा यादवविरुद्ध उजुरी दर्ता गराएकी हुन् । उनले आफू खेतको आलीमा घाँस काटिरहँदा रामकुमारले कुदृष्टिले हेरेको र बाँच्नका लागि भाग्न खोज्दा आफूलाई लखेटेर जबर्जस्ती खेतमा हातपात गर्दै भुईंमा खसालेको आरोप लगाएकी छन् ।
बलात्कारको प्रयास गर्ने यादवमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Rajdhanidaily





Write your Comment