

सिमरा ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यातायात ब्यवसायीको सम्बन्धमा स्पष्ट कानुन बनाउन नसक्दा ट्रक ब्यवसायी धरासायी बन्दै गइरहेको बताएका छन् ।
पछिल्लो समय ट्रक ब्यवसाय धरासायीको मर्मलाई बुझेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ यातायात ब्यवसायीको समस्या समाधानमा गम्भिर भएर लाग्ने बताए ।
तराइ यातायात ब्यवसायी संघ सिमराको १४औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिबेशन उद्घाटन गर्दै राउतले प्रदेश २ सरकारले यातायात मैत्री कानुन निर्माणमा जोड दिने बताए ।
तराइ यातायात ब्यवसायी संघमा आवद्ध सवारीहरु समेत पछिल्लो समय प्रदेश ३ का बिभिन्न संघसँस्थामा जान थालेकोप्रती चिन्ता ब्यक्त गर्दै उनले ब्यवसायीका समस्यालाई बुझेर सोहीअनुकुल हुनेगरी कानुन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सोही कार्यक्रममा बोल्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले धरासायी बन्दै गइरहेका यातायात ब्यवसायीहरुलाई सरकारले यथोचित ब्यवस्थापन गर्न नसक्दा समस्या भइरहेको बताए ।

निजी क्षेत्रका लगानीलाई सरकारले प्रोत्साहन गर्न नसकेको भन्दै बर्तमान सरकार संघिय सरकार प्रति असन्तुष्ट ब्यक्त गर्दै सरकार एक पछी अर्को काण्डमा असफलता भोगिरहेको बताए । यातायात क्षेत्रले आफ्नो पेशा ब्यवसायलाई बन्द गरिदिने हो भने देश नै ठप्प हुने भन्दै उनले प्रदेश सरकारले निर्माण गर्ने कानुनले यातायात ब्यवसायीलाई सहजता प्रदान गर्ने दाबी गरेका छन् । यातायात सम्बन्धी बिशेयक प्रदेशसभामा छलफलका लागि पठाइएको भन्दै मन्त्री सोनलले सो बिधेयक पारित भएलगत्तै ब्यवसायीका सम्पूर्ण समस्या समाधान हुने दाबी गरे ।
संघ र प्रदेशको क्षेत्राधिकार स्पष्ट नहुँदा यातायात लगायत धेरै क्षेत्रमा समस्या उनको भनाई थियो । यातायात क्षेत्र रोकीए देशको गती रोकीने भन्दै उनले यस क्षेत्रले राज्यलाई गरेको सहयोगप्रती आभारी रहेको समेत बताए ।

यस्तै तराइ यातायात ब्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीले सडकको अवस्थाका कारण दुर्घटना बढ्दै गइरहेको सभामा प्रस्तुत गरेको प्रतिवेदनमाा बताएका छन् । संघको १४ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेसनको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशका मुख्य सडक र पुलहरु ५० वर्षभन्दा पुराना भइसकेको बताएका हुन् । सवारीका कारण नभै सडकको यस्तै दुर्दशाका कारण दुर्घटना बढ्नेगरेको उनको भनाई थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा अध्यक्ष कार्कीले भारतीय मालबाहक सवारीलाई भन्सार क्षेत्र र करिडोर क्षेत्रसम्म मात्रै सञ्चालन अनुमती दिन सरकारसँग माग गरे । यस विषयमा आफुहरुले पटक पटक माग उठाएपनी बेवास्ता हुँदै आएको भन्दै कार्कीले तत्काल कार्यान्वयनका लागि तिनै तहका सरकारसँग अनुरोध गरे ।
देशैभर ट्रक पार्कीङ स्थल र ब्यवस्थापनको आवश्यकतालाई राज्यले हालसम्म सञ्चालन प्रकृयामा नल्याउँदा पार्किङ स्थल अस्तब्यस्त बनेको उनको भनाइृ थियो ।
यसैबिच तराई यातायात ब्यवसायी संघको बन्दसत्र र नयाँ संचालक समितीको चयन प्रकृया १५ दिनका लागि स्थगित भएको छ । गणपुरक संख्या नपुगेको र अध्यक्षको आकाँक्षी बिच सहमती मिल्न नसक्दा अधिबेशन स्थगित गरिएको संघका प्रेस सल्लाहकार प्रकास लम्सालले जानकारी दिए । अर्को अधिबेशनका लागि आगामी माघ ५ गते पुनः बन्दसत्र सुरु गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।





Write your Comment