

फेँटा,बारा ।
नेकपा फेटाको आयोजनामा बाराको फेँटामा जय गोविन्द साहको ३० औँ स्मृती दिवस कार्यक्रम सम्पन्न भएको छ । पार्टिको लागि साहले गरेको योगदानको कदर स्वरुप उहाँको ३० औँ स्मृती दिवस मनाइएको हो ।
दिवसको अवसरमा साहले पार्टिको लागि गरेको योगदानको बारेमा चर्चा गर्दै उनले देखाएको बाटोमा हिड्नु पर्ने कुरामा सहभागी अतिथिहरुले जोड दिनुभएको थियो ।
उसमान अंसारीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा बाराका ईन्चार्ज बलबिर चौधरीको प्रमुख आतिग्थ्यता रहेको थियो । भने कार्यक्रममा नेकपा बाराका सह.ईन्चार्ज ज्वाला साह, जील्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल), नेकपाका नेता उमेश कुश्वाहा, समिर अंसारी, मुकेश साह, अशोक तिवारी, राजेश्वर सिहं, राजमहमद, मोबिन हावारी, पुरुषोतम साह, बचा गिरी, बचा सिहं, जाकिर अंसारी, बिबेक गुप्ता लगाएतको उपस्थिती रहेको थियो ।
दिपेन्द्र कुश्वाहाको सहजीकरणमा सम्पन्न रबि कुश्वाहाले स्वागत मन्तब्य राख्नुभएको थियो ।
एपी खबर





Write your Comment