नेकपा बाराद्वारा सर्वसाधारणलाई कम्बल वितरण

रातोघर

 २०७६ पौष २८, सोमबार  मा प्रकाशित
३७८ पाठक संख्या


कलैया

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिसोबाट पीडित गरिब, असहाय तथा जेष्ठ नागरिक परिवारलाई कम्बल बितरण गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ बेलहिया, वडा नं. ५ प्रस्टोकामा आज कम्बल वितरण गरिएको हो ।

तराई मधेसमा बढदै गएको चिसोबाट बच्नका लागि राहत स्वरुप कम्बल बितरण गरिएको नेकपा नेता सन्तोष साहले बताए । नेकपा बाराको आयोजनामा ५० भन्दा बढी गरिव, असहाय तथा जेष्ठ नागरिकका परिवारलाई कम्बल वितरण गरिएको छ ।

सो अवसरमा नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिल, सदस्य उमेश कुशवाहा, भागवती न्यौपाने, महेश विक, सन्तोष साह, प्रदिप साह, नरेश साह लगायतको बिशेष सहभागिता रहेको थियो ।

केही समय यता चिसो बढदै गएपछि गरिव, असहाय तथा जेष्ठ नागरिकहरुले बढी सास्ती खेप्नुपरेको छ । पीडित परिवारलाई राहत पुगोस भन्ने उदेश्यले नेकपाले कम्बल वितरण गरेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban