प्रदेश–२ का मुख्यमन्त्री र मन्त्रीको फोटोमा जुत्ता प्रहार

रातोघर

 २०७६ माघ ३, शुक्रबार  मा प्रकाशित
५४४ पाठक संख्या


प्रदेश–२ का मुख्यमन्त्री र मन्त्रीको फोटो सार्वजनिक स्थलमा राखेर जुत्ता प्रहार भएको छ । भुक्तानी नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले मुख्यमन्त्री देखि मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुता चप्पल हानेका हुन् ।

शुक्रवार जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरीरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफूहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरुविरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

उपभोक्त समितिका पदाधिकारीहरुले यस यस भन्दा पहिले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए । उपभोक्तहरुको भूक्तानी नगरेको भन्दै प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले प्रदेशसभा आवरुद्ध गरेपछि अहिले अनिश्चितकालको लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ

जनताटाइम्स

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban