प्रदेश–२ मा नेकपाकी तुलसा दाहाल विजयी

रातोघर

 २०७६ माघ १०, शुक्रबार  मा प्रकाशित
४०२ पाठक संख्या


जनकपुर।।  

राष्ट्रिय सभाको प्रदेश–२ को महिलातर्फ नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी हुनु भएको छ ।

संयुक्त उमेदवार तुलसाले नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गर्नुभएको हो । निर्वाचन कार्यालयका अनुसार तुलसाले स्थानीयतर्फ स्‍थानीय तहतर्फ १४० मत ल्याएकी छन् भने प्रदेशतर्फ ५६ मत ल्याउनु भयो ।

उहाको कुल मतभार ५२०८ प्राप्त गर्दा कांग्रस उमेदवार नागिनाले स्थानीयतर्फ १३० र प्रदेशतर्फ ५० मत ल्याउनु भयो । उहाको कुल मतभार ४७४० प्राप्त गरेको आयोगले जनाएको छ । अहिले अल्पसंख्यक र खुलातर्फका उमेदवारको मतगणना भईरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban