हेटौंडाको मुख्यमन्त्री निवास नजिकै बम भेटिएको आशंका

रातोघर

 २०७६ माघ १०, शुक्रबार  मा प्रकाशित
३१८ पाठक संख्या


हेटौंडा, १० माघ । बागमती प्रदेशको राजधानी हेटौंडाको मानसचोकमा बम रहेको आशंकमा शंकास्पद वस्तु फेला परेको छ । सडक छेउमा भेटिएको शंकास्पद वस्तुको प्रहरी टोलीले घेरा हालेर सुरक्षा दिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको निजि निवास नजिकै मानसचोकमा कालो प्लाष्टिकभित्र राखिएको झोलामा बम रहेको आंशका व्यक्त गरिएको छ । स्थानीयले बम रहेको आंशका प्रहरीलाई खबर गरेपछि मकवानपुर प्रहरीको टोलीले सुरक्षा दिएको हो ।

मानसचोकबाट दक्षिणतर्फ करिब २० मिटर पर शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद बस्तु भेटिएके स्थानबाट मुख्यमन्त्री निवास करिब १ सय मिटर नजिक छ ।

बम रहेको आंशकामा नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको छ । तर, सेनाको डिस्पोजल टोली शकांस्पद वस्तु भेटिएको स्थानमा आइपुगेको छैन् । शांकास्पद वस्तु भेटिएपछि स्थानीयहरु त्रसित छन् ।

तु खबर डटकम

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban