

सिमरा : बारा र पर्साका प्रहरी प्रमुखहरु फेरीएका छन् । प्रहरी प्रधान कार्यालयले दुबै जिल्लाका प्रहरी प्रमुखहरुको फेरबदल गरेको हो ।
कार्यालयले बाराका एसपी विकासराज खनालको ५ नं. प्रदेश दंगा नियन्त्रण गण, सुनवलमा सरुवा गराएर उनको स्थानमा प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई पठाएको छ ।
त्यसैगरी प्रहरी प्रधान कार्यालयको गत पुस पाँच गनेको निर्णयअनुसार चितवनका एसपी दानबहादुर मल्लको स्थानमा पठाइएकी गंगा पन्तलाई अब पर्सामा पठाईएको छ । चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि उनलाई पर्सामा सारिएको हो ।
पर्साका हालका एसपी सोमेन्द्रसिंह राठौरलाई भने काठमाडौं प्रहरी परिसर, टेकुमासरुवा गरीएको छ ।





Write your Comment