मसानघाटको जग्गा प्लटिङ

रातोघर

 २०७६ माघ २८, मंगलबार  मा प्रकाशित
३५६ पाठक संख्या


प्रकाश लम्साल,बारा

बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरू धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकासिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन । उनीहरुले किर्ते गरी मसानघाटको जग्गा प्लटिङ गरेको पाइएको छ ।

आयोजनासँगै बारा भित्रिएका भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएकोे सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ । बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो । मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरी भूमाफियाको उक्त कम्पनीले किर्ते गरेर प्लटिङ गरी बेचेको पाइएको हो ।

 

साविक पिपरा सिमराको कित्ता नं ५९ को सो जग्गा कित्ताकाट भएर कित्ता नं ९५३, १०१९, १०२०, ९५०, ९५१, ९५५, १६५४,१६५२, १६५६, १६५७ र १६५८ भएको छ । यसरी मसानघाटलाई कित्ताकाट गरी करोडौं मूल्यमा किनबेच भइरहेको देखिन्छ । प्रोपटी म्यानेजमेन्ट प्रालिले उद्योगपति तथा वीरगन्ज महानगरका मेयर विजय सरावगी, एभरग्रिन तराई हस्पिटल, सुनिता अग्रवाललगायत व्यक्तिलाई बिक्री गरेको छ । बाँकी जग्गा भने कम्पनीका सञ्चालक इच्छाबहादुर वाग्लेको नाममा रहेको फिल्डबुकमा उल्लेख छ ।

स्थानीय तहले आफूमातहत रहेका सार्वजनिक जग्गाको संरक्षणमा चासो नदेखाउँदा भूमाफियाले अधिकांश सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाइ बिक्री गरिसकेको मालपोत कार्यालयले जनाएको छ । किर्ते गरिएको जग्गा भएको वडा नम्बर ४ का वडाअध्यक्ष ईश्वर केसीले निजी श्रेस्ता कायम गरेको उक्त मसानघाट जग्गा सार्वजनीक गर्न सम्बन्धित निकायलाई जानकारी गराइएको बताए । सिमरा वरपरका मान्छेहरूले पचासको दशकअघि लास जलाउन उक्त स्थान प्रयोग गर्ने गरेको र पानी सुक्दै गएपछि दुधौरा खोलामा लास जलाउने गरेका छन् । हाल उक्त मसानघाटमा सानो पैनीलाई प्रोपर्टी म्यानेजमेन्ट प्रालिले घडेरी बनाउने क्रममा सानो तटबन्ध बनाएको छ ।
मालपोत कार्यालय सिमराले खोजी गरेपछि उक्त मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले बिक्री गरेको जनाएको छ । उक्त जग्गा उद्योगपति, राजनीतिकर्मी, अस्पताल र सर्वसाधारणलाई उक्त जग्गा बिक्री गरेको र केही जग्गा अझै बाँकी रही सञ्चालक वाग्लेले आफ्नै नाममा राखेका छन् ।

मालपोत कार्यालय सिमराका प्रमुख यादव आचार्यले जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किता मसानघाट उल्लेख भए पनि किर्ते गरी विभिन्न व्यक्तिको नाममा रहेको बताए । जिल्लाका १६ तहले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक, सरकारी र गुठीको जग्गाको हालको अवस्था के कस्तो छ भनी विवरण यकिन नभए पनि मालपोतको ६४ सालको तथ्यांकमा बारा जिल्लामा २४ सय ५४ बिघा सरकारी र गुठी बाहेक सार्वजनिक मात्रै जग्गा रहेको मालपोत कार्यालयले जनाएको छ ।

ठगिए करिडोरका उद्योगी
फिल्डबुकमा मसानघाट भनी उल्लेख भएको सो जग्गा २०४७ सालमा फरदवा गुठीको माध्यमवाट रामचन्द्र गौतमले आफ्नो नाममा किर्ते पुर्जा बनाएका हुन् । यसैगरी होमनाथ अधिकारी, रविप्रसाद अधिकारी, शिवप्रसाद गौतम र शान्तिदेवी मिजारको नाममा रहेको सम्पूर्ण जग्गा इच्छाबहादुर वाग्लले आफ्नो र प्रोपर्टी म्यानेजमेन्ट कम्पनीको नाममा दर्ता गरी करिडोरका उद्योगी व्यवसायीलाई बिक्री गरेका छन् । मसानघाटको सार्वजनिक किर्ते जग्गाामा ठगिनेहरूमा होटल व्यवसायी, उद्योगी व्यापारी रहेका छन् । ‘प्रोपर्टी म्यानेजमेन्ट’को नामबाट बेचबिखन गरिरहेको मसानघाटलाई हाल २१ कित्ता कायम गरिएको छ । मसानघाटको जग्गामध्ये कित्ता नं १९१९ को ८ कठ्ठा१० धुर सिर्जना श्रेष्ठ र संजिता प्रधान, कित्ता नं १९१८ को १ कठ्ठाशान्तलक्ष्मी श्रेष्ठ र सुभद्रा श्रेष्ठ, कित्ता नं ९५१ को ६ कठ्ठारत्नकेशरी श्रेष्ठ, कित्ता नं ७९८ को १० कठ्ठादेवकुमारी रिमाल, ९५३ को ३ कठ्ठाअनुराधा श्रेष्ठ, ७८४७ कित्ता नं २ कठ्ठा१३ धुर ६ कन्वा (१६ कन्वा को १ धुर हुन्छ) ’एभरग्रिन तराई हस्पिटल’को नाममा, कित्ता नं ११५९ को ६ कठ्ठास्वयम् ईच्छाबहादुर वाग्लेको नाममा, र कित्ता नं ६४०८ को ३ कठ्ठा१७ धुर तथा कित्ता नं ७८४८ को ६ कठ्ठा१० धुर जग्गा ’प्रोपटी म्यानेजमेन्ट’को नाममा रहेको छ। त्यसैगरी कित्ता नं ७८४९को ५ कठ्ठा३ धुर ८ कन्वा एभरग्रिन तराई हस्पिटल’को नाममा रहेको छ। कित्ता नं ७८५०, ७४२५, ७४२४, ७४०२ को ५ कठ्ठा१७ धुर प्रोपटी म्यानेजमेन्टको नाममा श्रेस्ता कायम छ । त्यसैगरी वाग्लेको २०७५ असार ३२ गते वीरगञ्ज महानगरप्रमुख विजय सरावगीलाई बेचेको कित्ता नं ६४०६, ७४०१, ७४०३, ७४०५ को २ बिगाहा २ कठ्ठामसानघाटको जग्गा महानगरप्रमुख सरावगीले आफूसहित ४ जनाको नाममा संयुक्त पुर्जा बनाएका छन्। जग्गा धनीको नाम कित्ता नम्बर सिर्जना श्रेष्ठ र संजिता प्रधान कित्ता नं १९१९ को ८ कठ्ठा१० धुर शान्तलक्ष्मी श्रेष्ठ र सुभद्रा श्रेष्ठ कित्ता नं १९१८ को १ कठ्ठारत्नकेशरी श्रेष्ठ कित्ता नं ९५१ को ६ कठ्ठादेवकुमारी रिमाल कित्ता नं ७९८ को १० कठ्ठाअनुराधा श्रेष्ठ ९५३ को ३ कठ्ठाएभरग्रिन तराई हस्पिटल ७८४७ कित्ता नं २ कठ्ठा१३ धुर ६ कन्वा एभरग्रिन तराई हस्पिटल कित्ता नं ७८४९को ५ कठ्ठा३ धुर ८ कन्वा ईच्छाबहादुर वाग्ले कित्ता नं ११५९ को ६ कठ्ठाईच्छाबहादुर वाग्लेको ’प्रोपटी म्यानेजमेन्ट’ कित्ता नं ६४०८ को ३ कठ्ठा१७ धुर तथा कित्ता नं ७८४८ को ६ कठ्ठा१० धुर ईच्छाबहादुर वाग्ले ’प्रोपटी म्यानेजमेन्ट’ कित्ता नं ७८५०, ७४२५, ७४२४, ७४०२ को ५ कठ्ठा१७ धुर वीरगञ्ज महानगरप्रमुख विजय सरावगीसहित चार जनाको नाममा कित्ता नं ६४०६, ७४०१, ७४०३, ७४०५ को २ बिगाहा २ कठ्ठामहानगरप्रमुख सहित शालिमार सिमेन्ट उद्योगका सञ्चालक अशोक वैद्यका छोरा हेमन्त कुमार वैद्य,आशा अग्रवाल र निलम अग्रवालको नाम जग्गाधनी पुर्जामा उल्लेख छ। त्यसैगरी वाग्ले सञ्चालक रहेको प्रोपटी म्यानेजमेन्ट कित्ता नं ६४०७, ६४०१ र ६४०४ को ८ कठ्ठा४ कन्वा जग्गा सुजिता अग्रवालले किनेकी छिन्।
काठमाडौं धर्मस्थली स्थायी ठेगाना भएका रामचन्द्र गौतमले बाराको जीतपुरसिमरा वडा नं ४ स्थित मसानघाटको ६ बिगाहा ८ कठ्ठासार्वजनिक जग्गा २०४७ साउन ३० गते किर्ते गरेर आफ्नो नाममा कायम हडपेका थिए। सो जग्गा हाल जग्गा कारोबारमा समेत संलग्न होटल व्यवसायी इच्छाबहादुर वाग्ले र उनी सञ्चालक रहेको ’प्रोपटी म्यानेजमेन्ट’को नामबाट बेचबिखन भईरहेको थाहा लागेको हो े। वाग्लेले सो जग्गा वीरगञ्ज महानगर प्रमुख विजय सरावगी, शालिमार सिमेन्टका प्रमुख अशोक वैद्यका छोरा हेमन्त वैद्यसहित धेरै व्यक्तिलाई बेचबिखन गरिसकेका छन्। बाँकी केही कित्ता जग्गा वाग्ले र प्रोपटी म्यानेजमेन्टको नाममा रहेको अनुसन्धानको क्रममा भेटिएको छ। े वाग्लेमार्फत मसानघाटको जग्गा किन्नेहरूमध्ये अधिकांश काठमाडौं निवासी रहेको मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले जनाए । सिमरास्थित ईच्छा होटलका सञ्चालक तथा जग्गा कारोबारी समेत रहेका वाग्लेले आफ्नो होटल आसपासको ऐलानी खोला बगरको जग्गा कब्जा र प्लटिङ्ग गर्दै आएका छन्।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले प्रोपटी म्यानेजमेन्टले ठगी गरेर मसानघाटको जग्गा आफूलाई झुक्काएर बेचेको प्रमाणित भए क्षतिपूर्तिसहित रकम फिर्ता माग्ने बताएका छन्। ‘ईच्छाबहादुर वाग्लेले झुक्काएर मसानघाटको जग्गा हामीलाई बेचबिखन गर्नुभएको रहेछ भने हालसम्मको क्षतिपूर्ति सहित सम्पुर्ण रकम वा सो रकम बराबरको जग्गा उहाँले दिनुपर्छ, नभए हामी आफैं प्रोपटी म्यानेजमेन्टको नाममा ठगी उजुरी हाल्छौं,’ महानगरप्रमुख सरावगीले भने । वडाध्यक्ष भोजबहादुर केसीले उक्त श्रेस्तालाई बदर गरी सार्वजनिक मसानघाट नै कायम गर्न आवश्यक प्रकिया अगाडी बढाउन पत्राचार गरेका छन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban