

सिमरा ।
बाराको सिमरामा मुख्यालय रहेको तराई यातायात व्यवसायी संघको नेतृत्वमा निवर्तमान महासचिब शंकरकुमार विष्टको विकल्प नरहेको स्वयं यातायात व्यवसायीहरुले बताएका छन् ।
राज्यको नीति नियम र आर्थिक अवस्थाका कारण यातायात व्यवसाय संकटमा परिरहेका बेला हुन लागेको निर्वाचनमा विचार नगरे यातायात व्यवसायीले ठुलो चुनौती थेग्न नसक्ने यातायात व्यवसायीहरुको भनाई छ ।
तराई यातायात व्यवसायी संघको स्थापनाकालदेखि सदस्य, सचिब र महासचिब हुँदै हाल अध्यक्ष पदमा उम्मेदवार बनेका विष्ट देशकै अनुभवी यातायात व्यवसायीका रुपमा परिचित छन् । देशको यातायात व्यवसायमा ट्रक व्यवसायको पहिचान कायम गरि ट्रक व्यवसायीलाई राहत दिलाउने क्रममा भएका विभिन्न संघर्षहरुको अग्रभागमा रहि काम गरेका विष्टलाई निर्वा्चित गराउन यतिवेला देशभरका यातायात व्यवसायीहरु एकजुट भएका छन् ।
संघको तल्लो ओहोदामा बसेर पनि राज्यसँग बहस गर्ने र उसको निति परिवर्तनका लागि संघर्ष गर्ने व्यक्तीले अब संस्थाकै नेतृत्व गर्न चाहेको बिष्टले बताए ।
यातायात क्षेत्रप्रति राज्य कठोर बनेर लाग्दा हतोत्सायी बनेका व्यवसायी अहिले केहि शान्त महशुस गर्न थालेको भन्दै उनले राज्यको निति परिवर्तन गर्नु आफुहरुको ठुलो चुनौती रहेको बताए । उक्त चुनौतीलाई अवसरका रुपमा लिँदै अगाडी बढेको र त्यसमा सफलता समेत प्राप्त हुँदै आएको उनको भनाई छ ।
भारतीय सवारीको निर्वाध प्रवेश, ‘सिंन्डीकेट’ भन्दै फैलाईएको त्रास, ढुवानीमा भ्याट, अनिवार्य प्राईभेट कम्पनिमा जानुपर्ने बाध्यता, सडक दुर्घटनामा चालकलाई राज्यले हेर्ने दृष्टिकोणलगायत विषयमा राज्यसँग ‘टेबुल टक’ गरीसकेको भन्दै बिष्टले अब व्यवसायीको हितमा निति निर्माण गर्न दबाब दिने समय आएको र त्यसका लागि पनि आफु योग्य रहेको दाबी गरे ।
आफु निर्वा्चित भएलगत्तै व्यवसायीको मुख्य समस्याका रुपमा रहेको तेस्रो पक्ष धन दायित्वमा संस्थालाई जिम्मेवारी बनाउने प्रमुख काम हुने उनको भनाई छ ।
यता सिमरा, वीरगञ्ज, पथलैया, निजगढ, सर्लाही लगायातका ठाउँमा पनि शंकरकुमार विष्टको विकल्प खोज्न नहुनेमा यातायात व्यवासायी एकमत देखिएका छन् । वीगञ्जका एक यातायात व्यवसायीले भने ‘अहिले शंकरजीलाई सर्वसम्मत नेतृत्व दिनुपर्ने बेलामा केहि साथीहरुले मानेनन् तर यातायात व्यवसायी बाँच्ने हो भने शंकरजीलाई जिताउनै पर्छ ।’
यता नेतृत्वका लागि अर्का उम्मेदवार जगरनाथ प्रसाद कलवारले पनी आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । संघको १३औँ अधिवेशनमा समेत उम्मेदवारी दिएका कलवार त्यसबेला बिजयी भएका ओमकृष्ण कार्कीसँग पराजित भएका थिए ।
तराई यातायात ब्यवसायी संघमार्फत व्यवसायीहरुको हक हितका साथै यो व्यवसायलाई राज्य तथा अन्य निकायले हेर्ने नजरमा आमुल परिवर्तन ल्याउने उद्देश्य अझै अन्तरमनमा रहेकाले आफुले उम्मेदवारी दिएको उनले बताएका छन् ।
‘यो व्यवसायप्रति राज्यको जुन निति छ, त्यो पूर्ण रुपमा परिवर्तन हुनु जरुरी छ । तर हाम्रा कुराहरु राज्यका सम्बन्धीत निकायमाज बलियो तरीकाले राख्न नसक्दा हामी सधैँ चेपुवामा परिरहेका छौँ ।’ कलवार भन्छन, ‘बिगतमा पनि यहि उद्देश्यले चुनावमा होमिएको थिएँ । अहिले पनि मेरो उद्देश्य यही हो ।’
तराई यातायात व्यवसायी संघ सिमराको नयाँ नेतृत्व चयनका भोली ३ फागुनमा हुने निर्वाचनका लागि निवर्तमान महासचिव एवं बरिष्ठ यातायात व्यवसायी शंकरकुमार विष्ट र वीरगञ्जका व्यवसायी जगरनाथ कलवारको नेतृत्वमा यातायात व्यवसायीहरुको प्यानल घोषणा भएको छ ।





Write your Comment