तराई संघ सिमराका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ

रातोघर

 २०७६ फागुन ५, सोमबार  मा प्रकाशित
४१९ पाठक संख्या


सिमरा।।

तराई यातायात व्यवसायी संघ सिमराका नव निर्वाचित पदाधिकारीहरुले आज पद तथा गापनियताको सपथ ग्रहण गरेका छन् । कार्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबिच उनीहरुले सपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई निर्वाचन कमिटिका संयोजक मुकुन्द ब. क्षेत्रीले सपथ खुवाएका थिए । सपथ ग्रहण कार्यक्रममा नेकपाका नेताहरु क्ष्ँेत्र ब. श्रेष्ठ अनिल, जयराम दाहाल, तराई यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष ओमकृष्ण कार्की, अध्यक्षका उम्मेदवार जगरनाथ प्रसाद कल्वार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चालन प्रकाश लम्सालले गर्नुभएको थियो । ३ बर्षे कार्यकालका लागी शनिवार भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष बाहेक शंकर बिष्टको प्यानल नै विजयी भएको थियो ।

सम्हाले कार्यभार

पद तथा गोपनियताको सपथ ग्रहण उनीहरुले आजैदेखि कार्यभार पनि सम्हालेका छन् । लगत्तै नव निर्वाचित पदाधिकारीलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban