सिमराका गायक बिकास पाण्डेको ‘शिव दाइको चिलिम’ सार्वजनिक (भिडियो)

रातोघर

 २०७६ फागुन ६, मंगलबार  मा प्रकाशित
६०६ पाठक संख्या


सिमरा।।
गायक तथा संगीतकार विकास पाण्डेको नयाँ गीत ‘शिव दाइको चिलिम’ रिलिज गरिएको छ । शिवरात्रीको पूर्वसन्ध्यामा कपुरबोट युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरिएको हो ।
सुमन तामाङले एरेन्ज गरेको यस गीतमा पाण्डेको शब्द, संगित र स्वर रहेको छ । भिडिया भने बि.एस मेकरले तयार गरेको हो । भिडियो निर्देशन सावन र छायांकन विकास गुरुङले गरेका छन् । भिडियोमा डान्सर विशाल श्रेष्ठ, अमित ठाकुर, संगित लामा लगायतले नृत्य गरेका छन् ।
गायक पाण्डे २०६९ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । ‘क्यान वी’ एल्बमबाट आफ्नो सांगितिक यात्रा सुरु गरेका पाण्डेले अहिलेसम्म दर्जनौं गीमा स्वर दिइसकेका छन् । बारालाई कर्मथलो बनाएर विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा होमिएका चितवनका पाण्डेको झिम झिम, झिम्काइ परेली, ए सरकार, ए सरकार-२ लगायतका गीत छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban