हेटौंडा सिमेन्टमा क्लिकर उत्पादन बन्द

रातोघर

 २०७६ फागुन २४, शनिबार  मा प्रकाशित
२८४ पाठक संख्या


 

हेटौंडा, २४ फागुन । नेपाल सरकारको स्वामित्वमा सञ्चालन भइरहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले क्लिकर उत्पादन बन्द गरेको छ । उद्योगले शुक्रबारदेखि १० दिनसम्म क्लिकर उत्पादन बन्द गरेको हो ।

२२ हजार टन क्लिकर बाँकी रहेकाले १० दिनका लागि उत्पादन बन्द गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनु भयो ।

उहाँले मजदुर युनियन, उद्योग प्रशासन, सरोकारवाला निकायको सहमतिमा हाललाई क्लिकर उत्पादन बन्द गरिएको बताए । उहाँका अनुसार उद्योग परिसरमा बढी नै क्लिकर बाँकी छ । यस्तो अवस्थामा उत्पादन जारी राख्दा बाँकी रहेको खपत नहुने डरले तत्काललाई बन्द गरिएको हो ।

बाँकी रहेको सकिएपछि पुनः उत्पादन सुचारु गरिने उहाँले बताए । उद्योगमा दैनिक एक सय टनभन्दा बढी कोइला आयात हुने गरेको महाप्रबन्धक सिंहको भनाइ छ । ‘कोइला आयातका लागि बर्सेनि ४ वटा सप्लायर्सलाई ठेक्का दिइएको छ,’ उहाँले भन्नु भयो, उद्योगमा कोइला आयात रोकिएमा उत्पादन रोकिने भएकाले निरन्तर उपलब्ध गराउने गरी उनीहरूलाई ठेक्का दिइरहेको हो ।’

उहाँका अनुसार ३–३ महिना कोइला उपलब्ध गराउने गरी ४ वटा सप्लायर्समध्ये २ वटाको ठेक्का म्याद सकिएको छ । दुईटा सप्लायर्सलाई ठेक्का दिन टेन्डर आह्वान भइसकेको छ,’ उहाँले भने ।

दैनिक १२ हजार बोरा उत्पादन

उद्योगले हाल दैनिक १२ हजार बोरा सिमेन्ट उत्पादन गरेको जनाएको छ । उद्योगका प्रशासकीय प्रमुख गणेश कोइरालाले पुसपछि उत्पादन र बिक्रीमा वृद्धि भएको बताउनु भयो ।

पुसअघि चारदेखि ६ हजार बोरा सिमेन्ट उत्पादन गरेको उद्योगबाट पुस र माघमा १२ हजार उत्पादन भएको कोइरालाले जानकारी दिनु भयो । उहाँका अनुसार हाल उद्योगले दैनिक १० हजार बोरा बढी सिमेन्ट बिक्री गरेको छ । नयाँ पत्रिकाबाट

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban