सिमराको नमुना सामुदायिक बिद्यालयले आयोजना गर्यो सरोकारवालासंग अन्तरकृया

रातोघर

 २०७६ चैत्र १, शनिबार  मा प्रकाशित
५४७ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ मा रहेको नमुना सामुदायिक बिद्यालयले शनिबार अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । जिल्लामा एकमात्र कक्षा ११\१२ मा चार संकाय संचालन गरिरहेको सिमरा स्थित श्री नेपाल राष्ट्रिय माध्यामिक नमुना बिद्यालयको निर्माण क्रममा रहेको छ ।

सोही क्रममा शनिबार सरोकारवाला निकायहरुबिच नमुना बिद्यालयका लागी सुझाव संकलन र आगामी रणनितिक योजनाका लागी सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिले नमुना बिद्यालय अभ्यासका लागी सबै दल र निकाय बिचको साझा सहमती आवश्यक रहेको औँल्याएको छन् । कार्यक्रममा नेकपाका जिल्ला संयोजक क्षेत्र बहादुर श्रेष्ठ अनिल , जीतपुरसिमरा उपमहानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई, नेकपाका प्रभावशाली नेता राजन पौडेल, काँग्रेस नेता छबी शर्मा, निरु रायमाझी, वडाका जनप्रतिनिधि, सहकारीकर्मी, शिक्षाप्रेमी लगाएत सरोकारवाला निकायको बिशेष उपस्थिती रहेको थियो ।

अहिले बिद्यालयले नमुना बिद्यालय निर्माणका लागी बिभिन्न चरणमा काम अघि बढाएको छ । केही दिन देखी यस भेगमा सामुदायिक मन्टेश्वरी शिक्षाको औपचारिक थालनी गरेसंगै बिद्यालयमा अभिभावकको चासो बढेको छभने निजी बिद्यालय छाडी यस सामुदायिक बिद्यालयमा बालबालिका भर्ना गर्ने क्रमपनी बढेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र गौतमको बुझाई छ ।

यसैबिच बिद्यालयले यसैबर्ष इ लाइब्रेरी निर्माणका लागी अत्याधुनिक प्रबिधि मैत्री भवन निर्माण कार्यको समेत थालनी गरिसकेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban