

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
सोही दुर्घटनामा परि अर्का एक युवक गम्भिर घाईते भएका छन् ।
साँझ करिब ६ बजे सिमराबाट औराहातर्फ जाँदै गरेको ना २६ प २२८२ नम्बरको स्कुटर अन्यिन्त्रीत भई सडक छेउमा रोकिराखेको ना ५ ख १५२ नम्बरको ट्रकको पछाडी ठोकिँदा जीतपुरसिमरा १८ का १७ वर्षिय दिपक चौधरीको ज्यान गएको हो ।
दुर्घटनामा परि स्कुटर चालक सोही ठाउँका अन्दाजी १९ वर्षका हरेन्द्र चौधरी घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
टाउकोमा गम्भिर चोट लागेका दिपकको अल्पाईन अस्पताल सिमरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउकोमै चोट देखीएका हरेन्द्रको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ ।
उनिहरु सवार स्कुटरसहित ट्रक र सो का चालक समेत आफुहरुको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।





Write your Comment