बाराका ‘सिडिओ’ को सरुवा, पण्डित आउने

रातोघर

 २०७६ चैत्र २, आईतबार  मा प्रकाशित
२१४ पाठक संख्या


बाराका प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ फडिन्द्रमणि पोखरेलको सरुवा भएको छ । गृह मन्त्रालयले आज पोखरेलसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो ।

पोखरेललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । अब बारामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न् रुद्रप्रसाद पण्डित आउनुहुने भएको छ । पण्डित कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा आउन लाग्नुभएको गृहमन्त्रालयले जनाएको छ ।

यसैगरी मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban