बारामा डिलर र बिक्रेताबाटै ग्यासको कृत्रिम अभाव

रातोघर

 २०७६ चैत्र ३, सोमबार  मा प्रकाशित
२२५ पाठक संख्या


बारा, चैत । नेपाल–भारतबीच आवत जावतका लागि निश्चित नाका मात्रै खुला राख्ने निर्णयलाई गतल ढंगले ब्याख्या गरी व्यापारीहरुले खाना पकाउने ग्यास लगायतका उभोग्य वस्तुको अभाव देखाउन थालेका छन् ।

माल सामान आपूर्तिमा कुनै समस्या नहुँदा नहुँदै पनि तराईका जिल्लाहरुमा ग्यासको कृत्रिम अभाव देखिएको छ ।

डिलर र विक्रेताहरुले अनुचित लाभ लिन ग्यास तथा दैनिक उपभोग्य सामग्री लुकाउन थालेका छन् ।

बाराका सिमरा, जितपुर कलैया जस्ता ठूला बजारमै उपभोक्ताले सातादेखि ग्यास लिन पालो पर्खेका बसेका छन ।

वीरगन्ज नाका हुँदै गत शुक्रबार मात्रै १ सय १८ बुलेट अर्थात २१ लाख २४ हजार किलोग्राम ग्यास नेपाल भित्रिएको छ ।

जस मध्ये काठमाडौं उपत्याकाका लागि ५१ बुलेट र अन्य ठाउँका लागि ६७ बुलेट पठाइएको नेपाल आयल निगमले जनाएको छ ।

मानिसको आवत जावतमा निश्चित नाका तोकिए पनि मालसामान ढुवानीका लागि भने सवै नाकाहरु खुला रहने छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban