बारामा एसइइको तयारी पुरा, आठ हजार १४ परिक्षार्थी सहभागी हुँदै

रातोघर

 २०७६ चैत्र ४, मंगलबार  मा प्रकाशित
४२५ पाठक संख्या


सिमरा : बिहिबारदेखी सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) को सबै तयारी पुरा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ बाराका अनुसार परिक्षालाई मर्यादित रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारीसकिएको छ ।
यसवर्ष एसइइ परिक्षामा जिल्लाबाट आठ हजार १४ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये आंशिकतर्फका तीन सय २९ परिक्षार्थीले परिक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ बाराका प्रमुख शशीकुमार यादवले जानकारी दिए ।
परिक्षाका लागि जिल्लाका ३१ केन्द्रमा केन्द्राध्यक्ष नियुक्त भइससकेको भन्दै उनले केन्द्राध्यक्षले आवश्यकता अनुसार परिक्षा निरिक्षक नियुक्त गर्न सक्ने बताए ।
परिक्षामा अघिल्ला बर्षहरुका गतिबिधीलाई मध्येनजर गर्दै यसबर्ष प्रबेशद्वारबाटै कडा रुपमा खानतलासीमा कडाई गरिने यादवले बताए । ‘परिक्षालाई मर्या्दित बनाउन हामी गम्भिर भएर लागेका छौँ ।’ यादवले भने, ‘गेटबाट नै बिद्यार्थीहरुलाई कडाई गरिनेछ ।’
साथै परिक्षा दिन आउने बिद्यार्थीका लागी प्रबेशपत्र अनिबार्य गरिएको उनले बताए । ‘प्रबेशपत्र नभएकाहरुलाई गेटबाटै प्रबेश दिईने छैन । परिक्षा हलमा पनी प्रबेशपत्रको फोटो र अनुहार जाँच गरी मिलेको खण्डमा मात्रै हाँजीरी गराईनेछ ।’ शिक्षा विकास तथा समन्वय अधिकारी यादवले भने ।, ‘प्रवेशपत्र हराएकाहरुको सवालमा सम्बन्धीत बिद्यालयको सिफारीसमा प्रतिलिपिको ब्यवस्था गरिनेछ ।’ तर यसवर्ष हालसम्म त्यस्तो गुनासो नआएको उनले बताए ।

फोटो: कृष्ण सिग्देल

फोटो: कृष्ण सिग्देल

कडा सुरक्षाका बाबजुद परिक्षामा धाँधली गर्न खोजे तत्काल पक्राउ गरी सम्बन्धीत केन्द्रका केन्दाध्यक्षहरुले आवश्यक कारबाही गर्न सक्ने उनले जानकारी दिए । त्यसका साथै परिक्षा केन्द्रको वरपर बिद्यार्थीका अभिभावक साथीभाई, सहयोगीलगायत कसैलाई पनि प्रबेश नदिईने उनले बताए । परिक्षा केन्द्रको सुरक्षाका लागि केन्द्र वरपर जनपथ र सशस्त्र प्रहरी परिचालन गर्नेगरी समन्वय भइसकेको यादवले बताए ।
परिक्षाकेन्द्रमा कोरोनाबिरुद्ध सावधानी
पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ ।
शिक्षा मनलयको अपीलअनुसार विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि सम्बन्धीत स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।
मन्त्रालयले विद्यार्थीरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ ।
साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban