नेरामाबि सिमराका एसइई परिक्षार्थीलाई कोरोना भाइरस बारे सचेतना

रातोघर

 २०७६ चैत्र ४, मंगलबार  मा प्रकाशित
४०१ पाठक संख्या


सिमरा ।

बिश्वभर कोरोना भाइरसको प्रभाव बढीरहेका बेला नेपालले पनी उच्च सर्तकता बढारहेको छ । यसैबिच चैत्र ५ गतेबाट शुरु हुने भनिएको एसइई परिक्षालाई भने सरकारले स्थगन नगरी संचालन गर्ने तयारी गरेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ सिमरामा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यामिक बिद्यालयका एसइई दिने परिक्षार्थीहरुलाई मंगलबार कोरोना सचेतना तथा बिदाई कार्य्रक्रमको आयोजना गरिएको छ ।

परिक्षा दिन परिक्षा केन्द्र जाने बिद्यार्थीलाई सचेतता अपनाउन, अन्य अन्जान बिद्यार्थीसंग नजिक नरहन, मास्क प्रयोग गर्न लगाएत अन्य कोरोना भाईरस लाग्नबाट बच्न सकिने उपाए अपनाउन आग्रह गरिएको छ ।

हालसम्म नेपालमा यस भाइरसको संक्रमण नेदेखिएपनी उच्च जोखिममा रहेकाले बिद्यार्थीहरु सजग रहन आवस्यक रहेको भन्दै बिद्यालयले आफ्ना एसइई परिक्षार्थीहरुलाई सचेतना गरेको बिद्यालयका प्रध्यानाध्यापक शंकर कुमाार आचार्यले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban