कक्षा ११ मा जिल्लाकै उत्कृष्ट जिपिए ल्याउनेलाई नेरामाबि सिमराले गर्यो सम्मान

रातोघर

 २०७६ चैत्र ५, बुधबार  मा प्रकाशित
८८९ पाठक संख्या


सिमरा ।

बाराको जितपुरसिमरा उपमहानगरपालीका २ सिमरामा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यामिक बिद्यालय सिमराले बुधबार एक समारोहका बिच कक्षा ११ का उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई सम्मान गरेको छ ।

बिद्यालयले प्रत्येक बर्ष चार वटै संकायमा प्रथम अंक ल्याउने बिद्यार्थीलाई छात्रवृत्ती स्वरुप १२ महिनाको मासिल शुल्क बराबरको रकम नगद हस्तान्तरण गर्दै आएरहेको बिद्यालयका कक्षा ११÷१२ का बिद्यार्थी संयोजक तथा सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले जानकारी दिए ।

सोही अनुरुप यसैबर्ष कक्षा ११ को परिक्षामा जिल्लाकै उत्कृष्ट अँक ल्याउने बाणिज्य संकायमा अध्ययनरत बिद्यार्थी कामना लामालाई बिद्यालयले सम्मान गरेको छ । उनले राष्ट्रिय परिक्षा बोर्ड कक्षा ११ को परिक्षामा ३ दशमलव ५५ अँक ल्याई जिल्लामै उत्कृष्ट अँक हाँसिल गरेकी हुन् ।

उनले सामुदायिक बिद्यालयमा अध्ययन गरी मेहनत गर्न सके महँगो रकम तिरेर निजी बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीलाई पनी पछी पार्न सकिन्छ भन्ने उदाहरण समेत बनेकी उनकी आमा मेनुका लामाको बुझाई छ ।

त्यसैगरी बिज्ञान संकायमा संकाय प्रथम हुने अञ्जुली कुमारी रौनियारलाई पनी बिद्यालयले सम्मान गरेको छ भने मानविकी संकायबाट अस्मिता पकुवाल र शिक्षा संकायबाट अन्जुम आरा मगरलाई पनी बिद्यालयले सम्मान स्वरुप नगद रकम हस्तान्तरण गरेको हो ।

यसैबिच बिद्यालयका कक्षा ११ का बिद्यार्थीले कक्षा १२ का बिद्यार्थीहरुलाई बिदाई कार्यक्रमको समेत आयोजना गरेका छन् । आफ्ना अग्रज बिद्यार्थीहरुको कक्षा १२ को परिक्षाको असल नतिजाको शुभकामना दिँदै उनीहरुले एक साँस्कृतिक कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban