एसईई परीक्षा स्थगित

रातोघर

 २०७६ चैत्र ५, बुधबार  मा प्रकाशित
४०३ पाठक संख्या


 

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सरकारलाई एसईई रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो । बिहीबारदेखि एसईई परीक्षा सुरु हुँदै थियो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पूरक बैठक बसेर उक्त निर्णय भएकाे नेकपा सचिवालयलाई जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

-shilapatra

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban